बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त

धनगढी- कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा बजेट अभाव भएपछि सुस्त गतिमा काम भइरहेको छ।  गत फागुन देखि बजेट अभाव हुँदा निर्माणको गति साँघुरिएको हो ।

कैलालीमा ६ र कञ्चनपुरमा २ चरणमा गरी यहाँ ८ चरणमा उक्त सडक निर्माणाधीन रहे पनि निर्माण कम्पनीले काम गरिसक्दा पनि बजेट पाएको छैन । कञ्चनपुरको डोकेबजार देखि बेलौरी हुँदै बेल्डाँडी–दैजी सम्मको साढे ६२ किलोमिटर हुलाकी सडकमा दोस्रो र अन्तिम प्याकेजको काम निर्माणाधीन अवस्थामा छ ।

Navadurga sun

कैलालीमा लम्की–टीकापुरबाट खङ्ग्रौला नाकासम्मको २९ किलोमिटर सडक मध्ये लम्कीबाट पहिलो आठ किलोमिटर सडक गत वर्ष सकिएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले बताए । बाँकी २ चरणमा काम भइरहेको भन्दै बजेट अभावले गति सुस्त भएको उनको भनाइ छ । इन्जिनियर कडायतका अनुसार धनगढीको क्याम्पस रोडबाट सत्ती सम्मको ६९ किमी खण्ड चार  चरणमा निर्माण भइरहेको छ ।

उक्त खण्डमा पर्ने कटनी खोलाबाट भजनीको कान्द्रा नदीसम्मको १८ किमी डेढ वर्षअघि नै निर्माण भइसकेको छ । “फागुन यता आयोजनामा बजेट नै छैन्”, इन्जिनियर कडायतले भने, “चालु आर्थिक वर्षमा आएको ३९ करोड रकम सकिएको छ ।” उनका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको २० करोड भन्दा बढी रकम तिर्न बाँकी छ । “थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ”, इन्जिनियर कडायतले भने, “हाल सम्म बजेट भने आइपुगेको छैन् ।” गत वर्ष आयोजनामा ६५ करोड बजेट आए पनि चालु आवमा घटेर आएको उनको भनाइ छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...