धनगढीकी एक महिला सहित दुई जना फरार दोषी पक्राउ

धनगढी- कैलालीमा धनगढीकी एक महिला सहित दुई जना फरार दोषी पक्राउ परेका छन् । जाल साक्षी मुद्दामा १५ लाख २ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–१३ बस्ने ६५ वर्षीया मन्धरादेवी राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने ३४ वर्षीय दिर्घ पार्की पक्राउ परेका छन् ।

अदालतबाट दोषी ठहर भई फरार रहेका यी दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए ।  

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...