कञ्चनपुरमा भन्सार छलीका सामान सहित १ पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–८ बस्ने १८ वर्षीय अनिल राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर–१ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ट्याक्टरमा ल्याउदै गरेको अन्दाजी ५ लाख ३८ हजार ३ सय मूल्य बराबरको प्याज, पेय पदार्थ, माछा लगायत ट्याक्टर थान–१ सहित ट्याक्टर चालक रानालाई शुक्रवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

Navadurga sun

त्यसैगरी  भीमदत्त नगारपालिका–१० बिद्युत कार्यालय, भीमदत्त नगारपालिका–११ चौकीसत्ता र बेलौरी नगारपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २६ हजार ३० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त मूल्य बराबरको चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामान, चप्पल, पेय पदार्थ, माछा लगायत सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले फेला नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...