

धनगढी- प्रथम लालसलाम कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ । धनगढी स्थित रंगशालामा बिहिबार देखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एमसीले एक तर्फी जित निकालेको हो ।



पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा १५–२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले सोजो सेटले जित निकालेको हो । नेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गते सम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरू बीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हो ।


प्रतियोगिताको विजेता हुनेले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेको क्रान्तिकारी कैलाली जिल्ला समितिले जनाएको छ । विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा सुदूरपश्चिमका १४ क्याम्पसका टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा नकआउटका खेलहरू सुरू भएकम हुन् । प्रतियोगितामा युथ अफ टिकापुर, ओम श्रीनगर स्पोर्टसको सहकार्य र आयोजक अनेरास्ववियू कैलाली जिल्ला समिति रहेको छ । शुक्रबार बिहान ७ बजे केएमसी ए र बालजागृत र ९ बजे दुर्गालक्ष्मी बहुमुखी र केएमसी बीका बिच खेल हुनेछन् । यस्तै दिउँसो ३ बजे त्रिनगर र केदार ज्योती र ५ बजे दिपेन्द्र मावी र दुर्गा मावि विच खेल हुनेछन् ।

