Satyawati
Division ban Pahalmanpur

कक्षा १२ को परीक्षा भोलिदेखि, झन्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै

Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौँ- भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ। यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन्।

बाँकी भने ग्रेडवृद्धि तर्फका विद्यार्थी हुन्। ७७ वटै जिल्ला र जापानको एक समेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गत वर्ष भन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र सबैभन्दा कम मनाङ–मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित (स्यान्डम) प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...