Division ban Pahalmanpur

धनगढीमा अवैध गहुँ र गोरुगाडा सहित ३ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा अवैध गहुँ र गोरुगाडा सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको २ लाख ८१ हजार ५१० मूल्यको ३७ कुन्टल १७ के.जी. गहुँ र गोरुगाडा (डल्लव) सहित ३ जना पक्राउ परेका हुन् । 

जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने ३५ वर्षीय रामशरण रानासहित तीन जना भारतीय नागरिकलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गहुँ र गोरुगाडा सहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...