कैलालीमा बिभिन्न मुद्दामा फरार रहेका ४ प्रतिवादी पक्राउ

धनगढी- कैलालीमा बिभिन्न मुद्दामा फरार रहेका ४ प्रतिवादी पक्राउ परेका छन् ।

अदालतबाट दोषी ठहर भई फरार रहेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए ।

पक्राउ पर्नेमा चोरी मुद्दामा ४ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१ बस्ने २२ वर्षीय दिनेश विक, कुटपिट मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ४५ वर्षीय चन्द्रप्रकाश कोइराला, सोही मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ कै ३४ वर्षीय जगत प्रकाश कोईराला छन् । यस्तै वन मुद्दामा १ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-६ बस्ने ६० वर्षीय रतन लालसार्की रहेका छन् । दोषी ठहर चारै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

Loading...