कैलाली- कैलालीमा लागूऔषध, सवारी ज्यान मुद्दामा फरार ४ प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै प्रतिवादीहरु लाई शुक्रवार प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरु बाट खटिएको प्रहरी टोलीले लागूऔषध चरेस मुद्दामा ५ महिना १ दिन कैद र २ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ का घुटुरे बुढा र सोही मुद्दामा १० हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–४ बस्ने बिक्रम सिंह ठकुरी पक्राउ परेका छन् ।
यस्तै सवारी ज्यान मुद्दामा १ हजार ५ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका–८ का हरी लाल चौधरी र सोही मुद्दामा २ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–३ बस्ने ज्ञानेन्द्र रावल रहेका छन् । पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले अदालतमा पेश गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।