सशस्त्र प्रहरीले ५७ लाख भन्दा बढी मुल्यको लत्ता कपडा बरामद

धनगढी- कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका – ४ स्थित उत्तरवेहडी ईलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय रुपैया बरावरको अवैध लत्ता कपडा बरामद गरेको छ ।

उक्त सामान शुक्रबार प्रहरीले बरामद गरेको हो । धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडी स्थित जस्ता पाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा कुर्ति सेट, टप्स, सारी र सुट पिस कपडा बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गणबाट उपरीक्षक दल बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।

Loading...