जमेको पानी निकास गराउने क्रममा स्थानीय र प्रहरीबिच झडप, १० प्रहरी घाइते

अत्तरिया, ५ साउन- धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Dadeldhura hospital

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो । झडपका क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए । वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो । पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। यस अघि सोमबार पनि प्रहरले कल्भर्ट खोलेका थिए ।

Loading...