Division ban Pahalmanpur

सरस्वती माबिमा एसईईका विद्यार्थीहरुको बिदाई

साउँद र बोहराले गरे ड्रोनबाट फूल बर्षा गरी उद्घाटन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयले २०८० का एसईई विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । यसै बिद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी पारस साउद र ललित बोहराले आफैले बनाएको ड्रोन आकाशमा उडाएर फूल बर्षायर २०८० का एसईई उत्तीर्ण विद्यार्थीहरूको विदाई कार्यक्रमको उद्घाटन गरेका हुन् ।

Malpot office jogbudha

उक्त बिद्यालयले किताबि ज्ञान मात्र नभएर व्यावहारिक र सीपमूलक शिक्षालाई पनि उत्तिकै प्राथामिता दिएर अढी बढेको छ । विद्यालयका विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप तथा वैज्ञानिक आविष्कार अन्तर्गत ड्रोन, रोबोट, इलेट्रिकल बाइक समेत निर्माण गरि सकेका छन् । त्यतिमात्र नभएर यस बिद्यालयका विद्यार्थीहरुले खेलकुदमा पनि पालिका, जिल्ला, क्षेत्रीय अनि राष्ट्रीय स्तर मा समेत नाम चलाउन सफल भएका छन् ।

पछिल्लो समय विद्यालयले शैक्षिक गतिविधि सँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइ रहेको छ । यस विद्यालयका विद्यार्थीहरुले गरेका आबिस्कर देखेर धेरैले यस सिङ्गो विद्यालयलाई नै महाविर पुन सरको आविश्कार केन्द्र भनेर चिन्ने गर्छन् ।

युवा बैज्ञानिक पारस र ललित भाइ भन्ने गर्छन् “केशवराज पाण्डे र तेजराज पनेरु सरले हामीलाई सधैं साथ र समर्थन दिई शिक्षक मात्र नभइ मिल्ने साथी जस्तै व्यवहार गरि अगाडी बढने प्रेरणा र हौसला दिनु हुन्छ र पैसाले मात्र नभइ प्रस्थिति अनुसर प्रेरणा र हौसला प्रदान गर्दा पैसा भन्दा ठूलो सहयोग हुन्छ भन्ने गर्छन् ।” परीक्षाको यी पानाहरूले पक्कै पनि तपाईंको भविष्य निर्धारण गर्न सक्दैन तर पनि आउदै गरेको एसईई परिक्षाको शुभकामान छ र अब तपाईंहरुको बाटो बल्ल शुरु भएको छ सफल भएको देख्न पाउ शुभयात्रा ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...