कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ वेलकुण्डीबाट बन्दुक सहित ४४ वर्षीय मोहन राना पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय झलारीको टोलीले रानालाई बिहिवार साँझ घरबाटै पक्राउ गरेको हो। घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...