गोदावरी धाममा संचालित १५ दिने बाध्यवादन प्रशिक्षण कार्य सम्पन्न
चार जना श्रष्टा सम्मानित





प्रकाशबहादुर बोहरा
अत्तरिया, २ साउन- कैलालीको गोदावरीमा असार १९ गते देखि शुरु गरिएको १५ दिने बाध्यवादन प्रशिक्षण सम्पन्न गरिएको छ । “भाषा साहित्य कला संस्कृतिको उत्थान समृद्धिका लागी हाम्रो अभियान” भन्ने मुल नाराका साथ शुरु गरिएको प्रशिक्षण कार्यक्रम आज (शनिबार) एक कार्यक्रमका बिच समापन गरिएको हो । स्वस्थीक बाचन संगै गोदावरी नगरपालीकाका नगर प्रमुख हरि सिंह साउँदलेले दीप प्रज्वलन गरेका थिए ।





कार्यक्रम राष्ट्रिय लोक साँकृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लिलाधर बास्कोटाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद रहेको थिए भने बिशिष्ठ अतिथी गोदावरी नगरपालिकाकै उप-प्रमुख रत्ना कडायत रहेकी थिइन ।

उक्त समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.४ का अध्यक्ष प्रेम बहादुर भण्डारी, गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशी, स्वास्थ्य कर्मी उषा भट्ट, गोदावरी नगरपालिका जिन्सी शाखा प्रमुख गणेश पनेरु, कैलाली जनपुस्तकालयका अध्यक्ष टी एन जोशी, गोदावरी गुरुकुल विद्यापिठका प्र.अ.आचार्य पदमराज उपाध्याय, साधक संगीत साधना कुटी र साधक रेकर्डिङ स्टुडियो शिशिर साधक, गुरुकुलाका सम्पूणर् भाई बहीनीहरु, चौधरी समुदायहरुका कौशिल्या सतसंग आश्रम भजन मण्डली समूह लगायतको सहभागित रहेको थियो ।

गोदावरीधाममा बिहान ५ देखि ७ बजे सम्म चलेको बाध्यवाधन प्रशिक्षण कार्यमा सहभागि प्रशिक्षार्थीहरुलाई प्रशिक्षक शिशिर साधकले प्रशिक्षण गराएका थिए । सिकेको सीपलाई प्रशिक्षार्थी भाईबहिनीहरुले प्रस्तुत समेत गरेका थिए। उक्त सिकेको सीपको प्रमाणपत्र समेत उपलव्ध गराइएको थियो ।

गोदावरी नगरपालिकाले गोदावरी गुरूकुल बिद्या आश्रमका बालबालिकालाई केही सहयोग पुग्ने हेतुले शैक्षिक सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

कैलाली जनपुस्तकालयका अध्यक्ष टी एन जोशीले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा गोदावरी धामलाई व्यवस्थित गर्नको लागि बृहत गोदावरी सरकारीकरण गरेर एउटा संस्था बनाएर त्यसको विधिवत रुपमा लेखापरिक्षण अडिट गरेर सामाजिक रुपमा अगाडी बढन सकेमा यो गोदावरी धामको विकास हुनेमा कुनै शंका नरहेको बताए ।

कुनै पनि देशको पहिचान भनेको त्यहाँको धर्म, साँस्कृती रहने बताए । सबै धार्मिक संस्थाहरुलाई एकजुट गरेर बृहत धामको रुपमा विकाश गरिनु पर्ने अध्यक्ष जोशीले बताए ।


उक्त समापन कार्यक्रमा गोदावरी नगरपालिका उप-प्रमुख रत्ना कडायतले नगरपालीकाले गरेको बाध्यवादन सहयोगले गुरूकुलका भाइ बहिनीहरूलाई सहयोग भएको बताइन ।

गोदावरी धामको विकासका लागि सबै समाजसेवी बुद्धिजिवी लगायतलाई सहभागि गराएर समिति बनाई त्यसको सार्वजनिक लेखापरिक्षण गरेर समिति मार्फत अगाडी बढन सकेका यसको बिकास गर्न सकिनुका साथै गोदावरी धामलाई हामी सबै मिलेर एकजुट भएमा बृहत गोदावरी धाम स्थापना गर्न सफल हुने उप-प्रमुख कडायतले बताइन ।

उक्त समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँदले गोदावरी धाम आफू ५७ सालदेखी यसमा भिजेको बताए । यसलाई धार्मिक पर्यटन क्षेत्र बनाउने बताए । शास्त्रले परम्परागत रुपमा जसरी काम गर्छ त्यसरी नै मानव शरिरमा पनि इन्जनले काम गर्ने बताए । धार्मिक परम्परालाई लोप हुनबाट बचाउनको लागि धार्मिक साँस्कृतिक परमपरालाई लोप हुनबाट बचाउनु पहिलो प्राथमिकता रहेको बताए ।

गोदावरी धामलाई बृहत कोष बनाउने योजना रहेको बताउँदै यसका लागि विभिन्न किसिमका मन्दिरहरूलाई एकीकृत रूपमा डिपीआर गर्ने बताउँदै आगामी बर्षको कार्योजनाको नीति तथा कार्यत्रममा डीपीआर गर्नको लागी बजेट बिनियोजन समेत गरिएको नगर प्रमुख साउदले बताए ।

राष्ट्रिय लोक साँकृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लिलाधर बास्कोटाले हरेक परिवर्तनका लागि साँकृति, कला र धार्मिकलाई लिएर जानु पर्ने बताए । यस भन्दा अगाडी बिद्यालयहरू थिएन त्यो समयमा गुरुकुल नै पहिलो पाठशाला हुने गरेको थियो । त्यहीबाट साँकृतिक, धार्मिक सम्वन्धी सम्पूर्ण जानकारी हासिल गरी विद्या सिक्ने गरेको बताए ।
बिभिन्न क्षेत्रमा कार्यरत रही सेवा पुर्याउनेलाई सम्मानित :
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत रही सेवा सुविधा पुर्याउने श्रष्टाहरुलाई सम्मानित गरिएको थियो । उक्त सम्मानित कार्यक्रममा ४ जना श्रष्टाहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा गोदावरीे नगरपालिका वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर भण्डारी, गोदावरी नगरपालीकामा लेखा अधिकृत रामचन्द्र जोशी, गोदावरी नगरपालीका १ निवासी स्वास्थ्य कर्मी उषा भट्ट, गोदावरी नगरपालीकाका जिन्सि शाखा प्रमुख गणेश राज पनेरू सम्मानित भएका थिए ।

सम्मानित हुनेहरुलाई गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद र उप-प्रमुख रत्ना कडायतले संयुक्त रुपमा दोसल्ला ओढाएर उक्त सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रमको संचालन राष्ट्रिय लोक साँस्कृतिक प्रितषठानका सचिव गोमा ढकालले गरेकी थिइन् ।



