कैलाली–कञ्चनपुरबाट लागुऔषध सहित ४ पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट लागुऔषध सहित एकै दिन ४ जना पक्राउ परेका छन् । शनिवार कैलालीबाट ३ र कञ्चनपुरबाट १ युवक पक्राउ परेका हुन् ।

Dadeldhura hospital

प्रदेश प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ३२६ वर्षीय सुवास गौतम पक्राउ परेका छन् । बर्दियाको राजापुर नगरपालिका–१० का गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

कैलालीको जानकी गाउँपालिका–७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ सय मिलिग्राम लागुऔषध फेला परेको छ । शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट २८ वर्षीय नविन सुनार पक्राउ परेका छन् । शनिवार साँझ उनी २३ मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट, कलुवापुरको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

Loading...