कैलालीमा फेरि थपियो निषेधाज्ञा, यस्तो छ सीडीओको आदेश

अत्तरिया, १ साउन- कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।

बैशाख १६ बाट सुरु भएको निषेधाज्ञा खुकुला पादैँ जारी रहेको छ । सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सार्वजनिक सवारी साधन र नीजि सवारी साधन यथावत रुपमा सञ्चालन हुनेछन्। अतिआवश्यक सवारी साधानहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुने छन् ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...