महाकालीमा हुँदै सम्झौता विपरीत जथाभावी नदीजन्य पदार्थ उत्खनन

कञ्चनपुर- कञ्चनपुरस्थित महाकालीमा सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन भैरहेको पाइएको छ । भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच नदी रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो ।

महाकाली नदीको रोयल्टीको ठेक्कामा आर्थिक अनियमिततामा परेकाहरु सहितकै समूहले अहिले पनि ठेक्का पाएपछि नदीमा जथाभावी उत्खनन भइरहेको हो ।

Navadurga sun

ठेक्का पाउने कम्पनी काठमाडौंको टाइगर सगरमाथा जेभी हो । नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेज बहादुर चन्द समेत साझेदार रहेको कम्पनीले भ्याट सहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो ।

स्रोतका अनुसार बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दका ‘बिशेष मान्छे’ तेज बहादुर चन्दले सेटिङमा उक्त ठेक्का पाएको बताइन्छ । आफ्नै क्रसर समेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का पाएको आरोप लागेको छ । सम्झौता विपरीत डोजर र स्काभेटर प्रयोग गरेर १० गुणाबढी उत्खनन भइरहेको छ ।

सम्झौतामा स्काभेटर नलगाई दोधाराको २ र भीमदत्तको २ घाटमा मात्र उत्खनन गर्नुपर्ने उल्लेख गरिएपनी सो बिपरित कार्य भैरहेको स्थानियले बताएका छन् । यस्तै नदीजन्य पदार्थ उत्खनन् गर्दा आधा मिटर मात्रै खन्न पाइने नियम भएपनी ठेक्कापाएकाहरुले धेरै गहिरोसम्म अन्धाधुन्ध उत्खनन गरेको बताएका छन् ।

स्थानियका अनुसार जथाभावी एकैदिनमा १२, १३ हजार घनमिटर नदीजन्य पदार्थ उठाइरहेका छन् । महाकालीमा अन्धाधुन्ध नदीजन्य पदार्थ उत्खनन गर्दा त्यहाँ रहेको एसियाकै सबै भन्दा लामो झोलुङ्गे पुल र हाल निर्माणाधिन रहेको राष्ट्रिय गौरवको चार लेन महाकाली पुलमा असर र पुल जोखिममा पर्ने बताइएको छ । यस अघि अन्धाधुन्ध उत्खनन गर्दा निर्माणाधीन ४ लेन (भाइरल रोड) सडकको केही भाग बगाएको थियो । यसरी उत्खनन गरिए फेरी सो सडकमा क्षती हुनसक्ने स्थानीयको भनाई छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...