सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम गायब

बझाङ : बझाङको बुङ्गल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै हराएको छ।

नगरपालिकाको वडानम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बर वडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राति चोरी भएको हो। वडा सदस्य धनवीर बोहराको घरमा भाँडामा बस्दै आएका र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको वडा सचिवले प्रहरीमा निवेदन दिएको इलाका प्रहरी कार्यालय बुङ्गल झापाले जानकारी दिएको छ।

Navadurga sun

घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोड गर्ने लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ। पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शंकास्पद देखिएको स्थानिय खडक बोहराले बताए।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर प्रहरी अस्थाइ पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिह कार्कीले बताए।

निरीक्षक कार्कीले भने, ‘सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजे तिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताउने गरेका छन। उक्त घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ। करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्नको लागि राखिएको बुझ्न आएको छ। सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्ने काम भैरहेको छ।’

स्थानीयहरुले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलोमतो भएको हुन सक्ने आशंका गर्ने गरेका छन्। यता वडाका जनप्रतिनिधिहरूलाई बुझ्न खोज्दा सम्र्पक हुन सकेको छैन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...