कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाबाट शुन्य दशमलव ३७ ग्राम लागुऔषध सहित १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयले खैरो हेरोइनसहित एक किशोरलाइ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्दैछ ।