कञ्चनपुर- कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले पक्राउ हो ।
रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका-७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।