कञ्चनपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई कारबाही

कञ्चनपुर- कञ्चनपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई कारबाही गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अवैध नदी उत्खनन्मा संलग्न ट्याक्टरलाई कारबाही गरेको हो ।

नगरपालिकाको वडा नं. ८ बेलडाँडीबाट अवैध नदीजन्य सामाग्री सहितको भे १ त १७१३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो । इलाका प्रहरी झलारीको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले सुदरपश्चिम प्रदेशको आर्थिक ऐन २०८० अनुसार १५ हजार जरिवाना गरेको छ ।

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन अनुसार नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गरेमा ट्याक्टरलाई १५ हजार,मिनी ट्रकलाई २० हजार,ट्रिप्पर वा ट्रकलाई ३० हजार र स्काभेटर वा व्याकलोडरलाई ५० हजार जरिवाना गर्ने व्यवस्था छ । नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

Loading...