खुल्यो कैलालीको भजनी नगरपालिकामा लगाइएको ताला

कैलालीको भजनी नगरपालिकामा सोमबार लगाइएको तालाबन्दी खोलिएको छ । नगरप्रमुखको दादागिरी, योजना तर्जुमा गर्दा आफन्तवाद र मनोमानी गरेको भन्दै, नगरपालिकाकी उप–प्रमुख छाया देवकोटा, वाड १, ३, र ५ का वाड अध्यक्ष तथा राजनैतिक र स्थानीय सहितको संघर्षत पक्षले नगरपालिका भवनमा सोमबार तालाबन्दी गरेको थियो ।

आर्थिक वर्ष सकिनै लाग्दाको समय भएकाले ताला बन्दीले गर्दा योजनाको भुक्तान रकम बुझन निकै गाह्रो भएकाले यस बाट नागरिकलाई नै ठुलो समस्या हुनसक्ने समस्यालाई मध्यनजर गर्दै, आफूहरूले लगाएको ताला खोलेको संघर्षत पक्षको नेतृत्व गरिरहनु भएकी नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले बताइन ।

Navadurga sun

भजनी नगरपालिका प्रमुख शेर बहादुर चौधरीले योजना तर्जुमा गर्दा आफन्तवाद र मनोमानी गरेको भन्ने आरोप लगाउँदै जनप्रतिनिधि लगायत स्थानीयले तालाबन्दी गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...