धनगढी– कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल वि.क. र २७ वर्षीय सन्तोष वि.क लाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमालिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।