नेपाल चिकित्सक संघ सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर भट्ट निर्विरोध निर्वाचित

धनगढी- नेपाल चिकित्सक संघ, सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर खगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन्। सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भट्टको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।

संघको उपसभापतिमा डाक्टर नर बहादुर मौनी, सचीवमा डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर रविन्द्रदेव भट्ट, सह-सचीवमा जगदीशचन्द्र भट्ट, सह-कोषाध्यक्षमा जोनस तिवारी र सदस्यमा डाक्टर विजयविक्रम बम, डाक्टर चेतराज भट्ट, गणेश फुलारा, डाक्टर मोहन नाथ तथा डाक्टर सम्यक शाक्य निर्विरोध निर्वाचित भएका हुन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...