सशस्त्र प्रहरीको ३४ गण कैलालीले १७ औँ स्थापना दिवस

अत्तरिया- सशस्त्र प्रहरीको ३४ गण कैलालीले १७ औँ स्थापना दिवस मनाएको छ । २०६४ सालमा कैलाली जिल्लाको कमाण्ड सम्हाल्ने गरि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले शनिबार १७ औँ स्थापना दिवस मनाएको हो ।

Dadeldhura hospital

धनगढीस्थित कार्यालय परिसरमा हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको अध्यक्षता तथा सशस्त्र प्रहरीको अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महारीक्षक (डिआईजी) कुमार न्यौपानेको प्रमुख आथित्यतामा दिवस मनाइएको हो ।

Navadurga sun
Godawari sandesh

सशस्त्रको स्थापना दिवसमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । औपचारिक समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केके पनि काटेका थिए ।

दिवसको अवसरमा सशस्त्र प्रहरीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ भने कार्यक्रममा सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

Loading...