कञ्चनपुरको बेलौरीबाट होटल संचालिका सहित ३ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट होटल संचालिका सहित ३ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेपछी संचालिका सहित ३ जनालाई पक्राउ गरेको हो ।

Bhancha ghar0

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो ।

अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिक सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए ।

Loading...