पुनर्बाहाली भएपछि गोदावरीका वडा अध्यक्ष भट्टको स्वागत

अत्तरिया, २२ असार– कैलालीका गोदावरी नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष शर्मा नन्द भट्ट काममा फर्किएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एबम नगर प्रबक्ता शर्मानन्द भट्टको पद अदालतले थमौती गरिदिएपछि उनी पुनः काममा फर्किएका हुन् ।

Dadeldhura hospital

उनलाई मंगलबार नगरपालिकाको वडा कार्यलयमा आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतीनिधि, राजनितिक दलका प्रतिनिधि र स्थानीयले कार्यकाल सफलताको शुभकामना दिए ।

Navadurga sun
Godawari sandesh

वडा कार्यलयमा पुगेर नगरपालिकाका मेयर हरि सिं साउँद, उपमेयर रत्ना कडायत, नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशी, नेकपा एमाले का नगर अध्यक्ष गोकर्ण भट्ट, नेपाली काँग्रेसका नेता गोपाल भट्ट लगायतकाले अध्यक्ष भट्टलाई अबिर, खादा लगाएर शुभकामना दिएका हुन । स्थानीयको बधाई लिएका अध्यक्ष भट्टले राजनिति केही असहज भएको बेला यस्तो निर्णय हुने गरेको बताए ।

Loading...