सहि ठाउँमा सहि व्यक्ति भएपछि मात्र देश बन्छ : रमेश प्रसाई

अत्तरिया– राष्ट्रिय स्वतन्त्र पार्टीका सह प्रवक्ता रमेश प्रसाईले देशको विकासका लागि राइट प्रसन राइट प्लेस भन्ने अवधारणमा विश्वास गर्छ अर्थात सहि ठाउँमा सहि व्यक्ति भएपछि मात्र देश बन्छ भन्ने कुरामा विश्वास गर्ने बताए । अत्तरियामा प्लानेट भिटिका विद्यार्थीहरू सँग साक्षात्कार गर्दै प्रसाईले देश विकासका लागि उपयुक्त मानिस सही ठाउँमा पुग्न आवश्यक रहेको बताए । उनले नेपालका ठूला मात्रै नभएर साना पदहरूमा पनि दक्ष मानिस नहुँदा देशको विकासमा बाधा परेको बताए ।

उनले लोक सेवामा पनि धेरै जिके जानेकोलाई छनोट गरिदै आएकोमा त्यसले मात्रै उपयुक्त मानिस सही ठाउँमा नपुग्ने बताए । उनले रास्वपाले युवालाई पहिलो प्राथमिकता दिएको बताए । उनले युवा काँचो माटो नभएर सयम अनुसार अपडेटिट हुने बताए ।

Navadurga sun

उनले भने ‘अपडेटिट युवाले अहिलेको प्रविधि अनुसार काम गर्छ । त्यसैले युवालाई नेतृत्वमा ल्याउन आवश्यक छ ।’ सबै नेता उस्तै हुन भन्ने सहभागिताको प्रश्नको जवाफ दिदैं प्रसाईँले रास्वपाको चरित्र हेरेर त्यो आरोप लगाउने आधार नभेटिने बताए ।

‘नेपालमा जिजिपीको १.४ प्रतिशत आईटीले ओगट्दो रहेछ ।’ उनले भने, ‘हाम्रा मान्छेहरुले उत्पादन गरेका कम्प्युटर प्रोग्राम सफ्टवयरहरु, अमेरिकन युरोपेनहरुले पनि खरिद गर्दा रहेछन् ।’

त्यस्ता उत्पादन गरि रहेका तिनिहरुलाई सरकारले कुनै पनि बातावरण दिएको देखिदैन त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बनेपछि अर्थात हामिले भनेको मिसन ८४ पूरा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले जहिले पनि इनोभेक्टीभ आइडियाहरुलाई प्रमोट गर्छ युनुभेसनलाई प्रमोट गर्छ स्टार्टअफलाई प्रमोट गर्छ राइट प्रसन इन राइट प्लेसको अवधारणा लिन्छ नयाँ टेक्नोलोजि अनुसार नयाँ युगका नयाँ योजनाहरु बनाउँछ प्लानिङ गर्छ त्यसैले हामीहरु जस्ता युवाहरुका लागि सुन्दर समय हुने प्रसाईले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...