कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषध सहित पक्राउ

Malpot office dadeldhura

अत्तरिया- कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषध सहित पक्राउ परेका छन् । नेपाल प्रहरीको धनगढी गणमा कार्यरत सवारी चालक समेत रहेको प्रहरी हवल्दार विष्णु चौधरी लागुऔषध सहित पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले सोमवार पक्राउ गरेको हो । उनका साथबाट आठ सय ८० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनको स्थायी ठेगाना गोदावरी नगरपालिका-५ हो । इलाका प्रहरी कार्यालय, मालाखेतीले सो घटनामा थप अनुसन्धान जारी रहेको बताएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...