गोदावरी नगरपालिकामा कोरोना बिरुद्धको दोस्रो मात्रा खोप लगाइने (जानकारी सहित)

सुदूरपश्चिममा भेरोसेलको पहिलो डोज लगाउने ४१ हजार १ सय २५ जना

अत्तरिया, २१ असार- कैलालीको गोदावरी नगरपालिकामा दाश्रो चरणको कोरोना खोप लगाउन थालिएको छ । कोभिड-१९ विरुद्धको भेरोसेल खोप नगरपालिकाले ३ केन्द्र मार्फत यही असार २२ र २३ गते लगाउने भएको छ ।

Dadeldhura hospital

गोदावरीको वडा नं. ३ मा रहेको मालाखेती अस्पताल, वडा नम्बर ११ ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकी र वडा नं. ५ मा रहेको गेटा स्वास्थ्य चौकीमा खोप लगाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त खोप पहिलो मात्रा लगाएकाहरुलाई मात्रै दोस्रो मात्रा लगाईने बताईएको छ । कोरोना खोप लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य ल्याउन आग्रह समेत गरिएको छ ।गोदावरी नगरपालिकामा पहिलो चरणमा ७ सय ९२ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कोभिशिल्डको पहिलो डोज लगाउनेको संख्या २ लाख ५ हजार ५ सय ६ र दुवै डोज लगाउनेको संख्या ३७ हजार ९ सय ६ रहेको छ । सुदूरपश्चिममा भेरोसेलको पहिलो डोज लगाउने ४१ हजार १ सय २५ तथा दुवै डोज लगाउने ५ सय २४ जना रहेका छन् ।

Loading...