टीकापुरमा लागूऔषध सहित एक किशोर पक्राउ

कैलाली- कैलालीको टीकापुरमा लागूऔषध सहित एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका-९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित टीकापुर-२ का १७ वर्षीय किशोर सोमवार साँझ पक्राउ परेका हुन् ।

Bhancha ghar0

किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई राखेको लागूऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले किशोरलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...