सुदूरपश्चिममा कोरोना : ५०–६० वर्ष उमेरका सङ्क्रमितको मृत्युदर अधिक

अत्तरिया, १९ असार- सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूमा ५० देखि ६० वर्ष उमेरका व्यक्तिहरूको सङ्ख्या अधिक रहेको तथ्याङ्कहरूले देखाएको छ ।

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरू देशभरि ६० वर्षभन्दा माथि उमेर समूहको रहेको जनाएको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने ५१ देखि ६० वर्ष उमेर समूहका सङ्क्रमितहरूको मृत्युदर अधिक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो भेरिअन्टबाट सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि जेठ महिनाको अन्तिमसम्म २० हजार पाँच सय ८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियोसङ्क्रमण पुष्टि भएकामध्ये चार सय ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट पुरुष मृत्युदर ५३ प्रतिशत रहेको थियो । सुदूरपश्चिम प्रदेशमा दुई सय ३४ एण्टीजेन र दुई सय ६२ पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएका व्यक्तिहरूको मृत्यु भएको उल्लेख छ ।

Navadurga sun

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५० देखि ५९ उमेर समूहका दुई हजार दुई सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक सय १८ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । यो कुल मृत्यु सङ्ख्याको २३ दशमलव सात प्रतिशत हो ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट ६१ देखि ७० उमेर समूहका ८७ व्यक्तिको मृत्यु भएको थियो । त्यस्तै, ७१ देखि ८० उमेर समूहका ६३ जना, ८१ देखि ९० उमेर समूहका २० जना र ९१ देखि एक सय उमेर समूहका तीन गरी दुई महिनामा दुई सय ९१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेशमा ४० देखि ५० उमेर समूहका तीन हजार तीन सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९४ जनाको मृत्यु भएको जनाइएको छ ।

कोरोनाबाट १० वर्ष मुनि उमेरका एक जना, ११ देखि २० वर्ष उमेर समूहका चार र २१ देखि ३० उमेर समूहका २३ जनाको मृत्यु भएको थियो ।प्रदेशमा ३१ देखि ४० उमेर समूहका ८३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...