गोदावरीबाट तिनै अर्थिक बर्षमा लागू औषध कारोबारमा संलग्न १४ महिला र १६१ पुरुष पक्राउ

अत्तरिया- कैलालीको गोदावरीको आसपास क्षेत्रबाट प्रहरीले ५० ग्राम ९१ मिलिग्राम खैरो हिरोईन र ४ किलो ७ सय ७१ ग्राम चरेस बरामद गरेको छ ।

गत आर्थिक बर्ष २०७९/०८० र चालू अर्थिक बर्षको मंसिर सम्मको अबधि उक्त मात्रामा प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

उनका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा खैरो हिरोईन ६१ ग्राम ३ सय ५८ मिलिग्राम र चरेश २२ किलो ५ सय ग्राम बरामद गरिएको थियो । त्यस्तै आर्थिक बर्ष २०७९/०८० मा खैरो हिरोईन ५३ ग्राम २ सय ५० मिलिग्राम र चरेश १७ किलो २ सय ग्राम प्रहरीले बरामद गरेको छ ।

बिगतका तिनै अर्थिक बर्षमा लागू औषध कारोबारमा संलग्न १४ महिला र १ सय ६१ पुरुषलाई पक्राउ गरिएको समेत डिएसपी बरालले बताए । उनका अनुसार गोदावरी र समग्र कैलाली जिल्लामा नै लाघु औषध नियन्त्रणमा निकै चुनौती रहेको छ ।

अहिले मालाखेती प्रहरीले विभिन्न बिद्यालयहरुमा लागू औषध नियन्त्रणको लागि जनचेतना मूलकका कक्षाहरु समेत संचालन गरिरहेको छ ।

Loading...