कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान प्रहरीको नियन्त्रणमा

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको प्याज, चिनी, आलु, प्लाष्टिक झिल्ली, साईकल लगायतका सामान बरामद गरिएको छ ।

Bhancha ghar0

यस्तै धनगढी उपमहानगरपालिका-३ ट्रफिकचोकबाट अन्दाजी २१ हजार २ सय मूल्य बराबरको चिनी, प्याज, साबुन, नरिवल, चप्पल, मसला लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुर र भीमदत्त नगरपालिका-१० तिनताराबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८९ हजार ८ सय ५ मूल्य बराबरको मिश्री, चिनी, दाल, कपडा, खानेतेल, काजु लगायतका सामान बरामद गरिएको जनाइएको छ । शुक्रवारको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...