कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पक्की पुलबाट २.४२ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित बेदकोट नगरपालिका-१० का ३० वर्षीय धनिराम कामी आइतवार पक्राउ परेका हुन्।

आइतवार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई भारतबाट नेपाल तर्फ आउदा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ।

Navadurga sun

चेकजाँच गर्दा उनले प्रयोग गरेको मोटरसाईकलको हेडलाईटको भाईजरमा लुकाइ राखेको अबस्थामा लागूऔषध फेला पारी भारतिय नम्बर प्लेटको मोटरसाईकल एक थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...