सुदूरपश्चिममा लागुऔषधको समस्या झनझन बढ्दै, कैदीबन्दीले कारागार भरिदै

धनगढी– सुदूरपश्चिम प्रदेश भित्र लागुऔषधको समस्या झनझन बढ्दै गएको छ । प्रदेशभित्र चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा मात्र लागुऔषध सहित ३ सय ५ जना पक्राउ परेका छन् ।

दुई सय दुई जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । सुदूरपश्चिममा लागुऔषध मुद्दाका कैदीबन्दीले कारागार भरिन थालेको छ । जिल्लास्थित कारागारमा अन्य कैदीबन्दीको तुलनामा लागुऔषध मुद्दाका कैदीबन्दीको संख्या सबैभन्दा बढी देखिएको हो । लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषध सेवनमा विशेष गरी युवा र किशोर/किशोरीको संख्या सबैभन्दा बढी देखिएको छ ।

Bhancha ghar0

लागुऔषध मुद्दामा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर कागागार चलान हुनेको संख्या उच्च छ । प्रहरीको तथ्यांक हेर्दा केही वर्षयता सुदूरपश्चिममा लागुऔषधको जालो विकराल रूपमा फैलँदै गएको छ । अदालतमा दर्ता हुने लागुऔषध सम्बन्धी मुद्दा र लागुऔषध सहित पक्राउ पर्ने व्यक्तिको संख्या बर्सेनि बढ्दो क्रममा देखिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरत बहादुर बोहराले पाँच वर्षयताका लागुऔषध सम्बन्धी मुद्दा र पक्राउ परेकाको तथ्यांकको विश्लेषणका आधारमा सुधार केन्द्र आवश्यक रहेको निष्कर्षमा प्रहरी पुगेको बताए । सुदूरपश्चिममा गत वर्ष मात्र लागुऔषध सम्बन्धी पाँच सय ४० वटा मुद्दा अदालतमा दर्ता भएका छन् ।

ती मुद्दामा आठ सय ६० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जस मध्ये ६६ जना महिला छन् । लागुऔषध मुद्दामा १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू बढी छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँका कारागारमा रहेका कैदीबन्दी मध्ये आधा लागुऔषध सम्बन्धी मुद्दाका छन् । लागुऔषधका अधिकांश मुद्दा कैलाली, कञ्चनपुरका छन् । खुला सिमानाका कारण सीमावर्ती भारतीय बजारबाट लुकीछिपी लागुऔषध ल्याइने गरिन्छ ।

चरेस बाहेक सबै लागुऔषध भारतबाट आउने गरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा लागुऔषधका दुव्र्यसनी बर्सेनि बढ्न थालेपछि प्रहरीले धनगढीमा लागुऔषध दुव्र्यसनी सुधार केन्द्र सञ्चालन गर्न लागेको छ । मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो ।

Loading...