Satyawati
Division ban Pahalmanpur

आजदेखि रास्वपाको महाधिवेशन प्रक्रिया सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आज देखि सुरु भएको छ । सात प्रदेशका सात वडा बाट आज अधिवेशन सुरु गरिँदैछ । सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।

Malpot office dadeldhura

कैलालीको टीकापुर नगरपालिका-१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका-६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका-१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिका-१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका-११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका-२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका-२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...