माओवादीले खारेज गरिएका कैलालीका चार जना प्रतिनिधिको सर्बोच्च अदालतको आदेशमा पुनर्वहाली

Dadeldhura hospital

अत्तरिया, १८ असार- नेकपा माओवादी केन्द्रको सिफारिसमा निर्वाचन आयोगले पद रिक्त गरेका कैलालीका स्थानीय तहका चारजना जनप्रतिनिधिको पुनर्वहाली भएको छ ।

माओवादी केन्द्रको सिफारिसमा आयोगद्धारा गरिएको निर्णयको बिरुद्ध सर्बोच्च अदालत गएकी भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटा, गौरीगंगा नगरपालिका ४ की वडा अध्यक्ष भागरथी बिष्ट तिमिल्सेना, गोदावरी नगरपालिका –१ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया गाउँपालिका– ४ का अध्यक्ष पुरनसिंह बिसी सर्बोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले आज उनीहरु चारै जनालाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको हो ।

Loading...