ऐश्वर्य क्याम्पसका विद्यार्थीद्वारा मानव सेवा आश्रमलाई सहयोग

Dadeldhura hospital

धनगढी– धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । शैक्षिक तथा औद्योगिक भ्रमणमा गएका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर आश्रमलाई सहयोग गरेका हुन् ।

विद्यार्थीहरूले २८ हजार ९ सय ४० रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेको क्याम्पसका उपप्राध्यापक मुकेश चन्दले बताए । असहाय तथा सडक मानवहरूको सेवामा समर्पित मानव सेवा आश्रममै पुगेर विद्यार्थीहरूले उपप्राध्यापक चन्द मार्फत आर्थिक सहयोग गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Loading...