कञ्चनपुर– कञ्चनपुरबाट एकै दिन ६ जना लागुऔषध सहित पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहबाट ३ र बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहबाट ३ जना गरी ६ जना पक्राउ परेका हुन् ।
जिल्लाका बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहबाट खैरो हेरोईन जस्तो देखिने एक ग्राम ९ सय ३० मिलीग्राम सहित ३ जनालाई बुधवार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका नम्बर ५ का १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय अर्जुन रावत रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साईकलमा सवार उनीहरूलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहबाट खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन। ७७ मिलिग्राम सहित कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरिया का २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर का २८ वर्षीय मंगल चौधरी पक्राउ परेका हुन ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१-००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उनीहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।