टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो

टीकापुर- इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ। दसैँ लगत्तै नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले जानकारी दिए। उनका अनुसार दशैं अघि दैनिक प्रत्येक दिन ७० जनासम्मले नागरिकता बनाउने गरेकोमा अहिले त्यो संख्या १ सय ४० सम्म पुग्ने गरेको छ। उनले जिल्ला प्रशासन कार्यालय कैलालीको भन्दा धेरै संख्यामा नागरिकता वितरण भैरहेको बताए।

‘हिजोआज जिल्लाको भन्दा बढी नागरिकता वितरण गर्दै आएका छौं’ उनले भने, ‘दशैं तिहारको समय भएकाले संख्या बढेको हो।’ नागरिकता लिनेको संख्या अत्याधिक बढेपछि कार्यालयमा कामको चाप समेत बढेको छ। सेवाग्राहीले काम ढिलो भैरहेको गुनासो गरेका छन। उनीहरुले नागरिकता बनाउन तीन दिनसम्म लाग्ने गरेको बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

लम्की चुहानगरपालिका वडा नम्बर ६ तिल्खाका खेमराज शर्माले तीन दिनदेखी लाईनमा बस्नु परेको बताए। उनले आफू जस्तै कैयौं व्यक्तिहरुको नागरिकता बनाउनमा ढिलाई भइरहेको सुनाए। जोशीपुर गाउँपालिका वडा नं. १ कीट्ंिवकल चौधरीले पनि समयमा नागरिकता नबनेको सुनाइन्। नागरिकता फाँटको लाईनमा भेटिएकी चौधरीले समयमा काम नभएका कारण ढिलाई भैरहेको बताइन।

अध्ययनका क्रममा काठमाण्डौं रहेका टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १० का केशव जैशी समेत दशैं विदाको सदुपयोग गर्दै नागरिकता बनाउने लाइनमा भेटिए। उनले दुई दिन देखी नागरिकता बनाउने दौडधुपमा रहेको बताए। कार्यालय प्रमुख रानाले नागरिकता बनाउनेको संख्या बढे पनि सेवामा ढिलाई नभएको दाबी गरे। उनले अघिपछिको भन्दा तुलनात्मक रुपमा समय लागे पनि दुईतीन दिन लाग्ने कुरा गलत भएको बताए।

‘सेवाग्राहीको चाप अनुसार दरबन्दी छैन तर नागरिकताकै लागि दुईतीन दिन लाग्दैन’उनले भने ‘केहीप्रकृया नपुगेको भए समय लाग्न सक्छ।’कार्यालयमा सेवाग्राहीको संख्याको तुलनामा दरबन्दी निकै कम रहेको छ। कार्यालय प्रमुख रानाले दरबन्दी थपका लागि पहल भइरहेको जानकारी दिए।

 

Loading...