धनगढीबाट खैरो हेरोईनसहित युवक पक्राउ

धनगढी- धनगढीबाट खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका–४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...