कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-५ का पंकज चन्द पक्राउ परेका छन् । उनलाई अदालतले लागुऔषध मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो । उनी सोहि दिनबाटै फरार रहेका थिए ।

Dadeldhura hospital

सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका-९ का लखन रावल पक्राउ परेका छन् । रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो । चनद पनि सोहि दिनबाटै फरार रहेका थिए ।

यस्तै चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका-४ का युवराज शाहु आइतवार पक्राउ परेका छन् । शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो । तीनै जनालाई आज अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी प्रकाश डाँगीले बताए ।

Loading...