धनगढीका दुई युवा लागुऔषधसहित पक्राउ

धनगढी- कैलालीस्थित धनगढीका दुर्इ युवा लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट उनीहरू पक्राउ परेका हुन्।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार दुई ग्राम २१० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष राना र २२ वर्षीय शिवा राना लागुऔषधसहित पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय, बेलडाँडी कञ्चनपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

 

 

Loading...