धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ

धनगढी- धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानरपालिका–१० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका १७ वर्षीय मनिस राना बिहीवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिईएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...