सेल्फ क्वारेन्टिनमा बसेर धनगढीका युवाले गरे सहयोग

अत्तरिया, ११ असार– धनगढीका युवा समूहको एक टीमले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलाली र कञ्चनपुरसँगै जोडिएको गौरीफन्टा सीमानाका हुँदै भित्रिएका नेपालीहरुलाई ४० दिनसम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेका छन।

धनगढी उपमहानगरपालिकाको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको संयोजनमा रोयल कोलाबोरेटिभ्सको १८ जनाको युवा समूहले जेठ १ देखी असार १० गतेसम्म भारतबाट आएका नेपाली यात्रुलाई नाकामा निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरिएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए। अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई २४ हजार प्लेट खाना खुवाइएको बताए। त्यस्तै पानी वितरण गरियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...