
कञ्चनपुर- कञ्चनपुरबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाबाट ६.६५ ग्राम लागु औषध खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन ऐरलाई प्रहरीले पक्राउ गरेको हो ।


विशेष सूचनाका आधारमा शुक्रबार साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त लागु औषध तौल गर्ने एक थान तराजु समेतका सामानहरू पनि फेला पारी बरामद गरेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

