विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अत्तरिया, ११ असार– कैलालीको निर्वाचन क्षेत्र नं. ४, गोदावरी, चुरे, चौमाला, गौरीगङ्गा, नेपालप्रहरी र नेपालीसेनाको अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । बिकासवादी समाजसेवी युवानेताहरु हेमप्रकाश उप्रेती, मालाखेती अस्पतालका पुर्ब अध्यक्ष भरत खडका, गौरीगङ्गा नगरपालिकाका मोहन साउद, विद्यार्थीका केन्द्रिय नेता दिपक ओझा, देवराज ओझा र हाम्रो नेपाल हामी नेपाली अभियन्ताको सयुक्त आग्रहमा ६ वटा अक्सिजन कन्स्ट्रेटर सहित १५ लाखको सामग्री हस्तान्तरण गरिएको हाे ।

Navadurga sun
Godawari sandesh

युवानेताहरुले आफ्नो निजि खर्चमा धनगढी र महेन्द्रनगर आई पटकपटक लिखित अनुरोध गरी घच्चघचाउनमा सहयाेग गरेकोमा विशेष बधाई समेत व्यक्त गरिएको छ ।

Dadeldhura hospital

सो सामान उनले आफुले नबुझेर नेपाली सेनाका प्रतिनिधिहरु र स्वास्थय सस्थाको प्रतिनिधिलाई धनगढी उपमहानगरपालिकाको मेयर नृप ओड मार्फत हस्तान्तरण गराउनु भएर राजनीतिक ब्यक्तिले पहल मात्र गर्ने तर सामान सरोकारवालालाई बुझाउने असल परम्पराको शुरूवात गरेकाे बताए ।

हाम्रो अनुरोधमा सो सामाग्री बोधिसत्व बिहारका मित्र शान्त शर्मालाई गुरुले कोरोना सहयोगका लागि ताईवानबाट पठाइएको हाे । सो सामग्रीको ढुवानी हरिप्रीया प्रकाश फाउन्डेसनले दिएको थियो । स्वयंसेवक कमान्डरमा मुकुन्द भट्ट, बिकास चन्द, प्रेम मल्ल र गणेश भण्डारी लगायतका सहभागि भएका थिए ।

Loading...