यी हुन् पदमुक्त कैलालीका जनप्रतिनिधि, जो माओवादी छाडेर एमाले बनेका थिए

अत्तरिया, ११ असार– नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेका कैलालीका चार जना जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज गोरखापत्रमा सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) र (३) बमोजिम ती जनप्रतिनिधिहरू पद स्वतः रिक्त भएको जानकारी गराएको हो।

Dadeldhura hospital

एमाले प्रवेश गरेकाहरूलाई माओवादी केन्द्रले कारबाही गर्दै त्यसको पत्र निर्वाचन आयोगमा बुझाएको थियो । पत्र रिक्त हुने कैलालीका जनप्रतिनिधिमा कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँदेवी देवकोटा, गौरीगंगा–४ अध्यक्ष भागरथी विष्ट, गोदावरी वडा नम्बर १ अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ अध्यक्ष पुरनसिंह वि।सी रेहका छन् ।

Navadurga sun
Godawari sandesh

कैलालीका चार सहित देशभर स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । पत्र रिक्त हुनेमा रौतहटका मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख रियाप्रसाद कुशवाह, देवाही गोनाही उपप्रमुख परनिया देवी, मौलापुरका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुरकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह रहेका छन् । त्यस्तै सिराहा लहान नगरपालिकाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ अध्यक्ष सुरेशकुमार थापा, महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक छन् ।

Loading...