कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट ४६ हजार ६ सय मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढीबाट ३७ हजार एक सय र भजनीबाट नौ हजार पाँच सय मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडबाट ३० हजार एक सय मूल्यका चिनी, पास्ता, मिठाई, चकलेट लगाएतका सामान बरामद गरिएको छ।

Navadurga sun

यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट सात हजारका सामान र भजनी नगरपालिका वडा नम्बर १ बाट नौ हजार पाँच सय ५० रुपैयाँ बराबरका बिडी, सुर्ती लगाएतका सामान बरामद गरिएको हो। बिहिवार साँझ प्रहरीले बेवारिसे फेला पारेका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...