सुदूरपश्चिम प्रदेश सभाको बैठक कांग्रेसद्वारा अवरुद्ध





अत्तरिया, ९ असार- सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।
सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै काँग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।



अर्को बैठक असार ११ गते दिउसो २ बजे आह्वान गरिएको छ । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलमात्रै हैन सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले पनि पूर्वाधार विकासका योजनाहरुमा विचौलियाको चलखेल भएको आरोप लगाइरहेका छन् ।


आगामी आर्थिक वर्षको कूल बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको बजेटमा भौतिक पूर्वाधार विकासतर्फ ११ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार ९५८ दशमलव २ प्रतिशत र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार ३५ दशमलव १ चालु विनियोजित छ ।



